अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई देव गुरुङसहित तीन नेताद्वारा एमसीसी टेबल गर्ने बैठकमै लिखित असहमति

प्रचण्डलाई देव गुरुङसहित तीन नेताद्वारा एमसीसी टेबल गर्ने बैठकमै लिखित असहमति


काठमाडौं – अमेरिकी सहयता परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित तीन नेताले असहमति जनाउनु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अघि बढाउन सहमति दिनुभएपछि प्रमुख सचेतक गुरुङले सभामुखले बालाउनु भएको बैठकमै लिखित असहमति जनाउनु भएको हो ।

नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिमा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति राख्नुभएको हो । एमसीसीका कतिपय बुँदा घातक भएको भन्दै त्यो संशोधन नगरी टेबल गर्न नहुने उहाँहरुको अडान छ ।

‘राष्ट्रिय सहमति कायम हुनुपर्ने, कतिपय बुँदाहरू परिमार्जन र संशोधन हुनुपर्ने र संसद सुचारु हुनुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं । तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता नभएको, संसद अवरुद्ध नै रहेकोले एमसीसी टेबल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको छ’, असहमति पत्रमा भनिएको छ ।

गुरुङसहित तीन नेताले बैठकमै लिखित असहमति राखेर अध्यक्ष प्रचण्डलाई कडा काउन्टर दिनुभएको हो।