अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी टेबल भएपछि इश्वर पोखरेलको आक्रोश : वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार

एमसीसी टेबल भएपछि इश्वर पोखरेलको आक्रोश : वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार


काठमाडौँ – नेकपा एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले एमालेको नाराबाजीबीच एमसीसी टेबल भएपछि सभामुख र गठबन्धनका नेताप्रति कडा आक्रोश ब्यक्त गर्नु भएको छ ।

नेता पोखरेलले सामाजिक सञ्जालमार्फत कडा आक्रोश ब्यक्त गर्नु भएको हो । पोखरेलले अनुचित र अवैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन भन्दै आफ्नो धारणा ब्यक्त गर्नु भएको हो।

यस्तो छ पोखरेलको आक्रोश:-

अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन –
सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलैर अप्ठ्यारै गरी बसिरहने ! अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने ! ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने !
वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार ! वाह रे त्यसका भक्तजन र अनुयायीहरू !!