अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा माओवादी र नेकपा एसको बिरोध : तयारीसहित मञ्चन गरिएको भद्दा नाटक

एमसीसीमा माओवादी र नेकपा एसको बिरोध : तयारीसहित मञ्चन गरिएको भद्दा नाटक


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताउनुभएको छ ।

महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित मञ्चन गरेको भद्दा नाटक गरेको आरोप लगाउनुभयो । उहाँले कुनै दलको नाम उल्लेख भने गर्नुभएको छैन ।

“विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो,” पोखरेलले भन्नुभयो ।

यसअघि माओवादी केन्द्र र नेकपा एसले एमसीसी कुनै हालतमा टेबल गर्न नदिने भन्दै रोकेका थिए भने आज सहमति गरेर पेस गर्न दिइएपछि एमाले महासचिव पोखरेलको यस्तो भनाइ सार्वजनकि भएको हो ।