अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीबारे शक्तिकेन्द्रहरूका दबाबमा होइन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं : बाबुराम भट्टराई

एमसीसीबारे शक्तिकेन्द्रहरूका दबाबमा होइन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं : बाबुराम भट्टराई


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गर्नुभएको छ ।

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक रहेको बताउनुभयो ।

भट्टराईले भन्नुभएको छ, ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं! दलीय/गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !’