अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने

कमल थापाको पार्टीले आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने


काठमाडौं- राप्रपा नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने भएको छ। राप्रपा नेपालको केन्द्रीय समितिले निर्वाचन आयोगमा चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि दल त्याग गरि राप्रपा नेपाल ब्यूताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराउनुभयो ।

‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई ’ माग्ने निर्णय गरेको छ’ थापाले भन्नुभयो, ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो ।’