अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई देखाएर काँग्रेस,माओवादी एक अर्कामाथी हावी : रिमाल

एमालेलाई देखाएर काँग्रेस,माओवादी एक अर्कामाथी हावी : रिमाल


काठमाडौं -नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले काँग्रेस र माओवादी एमालेलाई देखाएर एक अर्कामाथी हावी भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा माओवादीप्रति लक्षित गर्दै रिमालले क्याविनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने फेरी आफ्नै कार्यकर्तालाई सडकमा हिंसात्मक आन्दोलनमा उकास्ने दोहोरो चरित्र देखाएको उल्लेख गर्नुभएको छ ।
यसैगरी एमाले संसदीय दलको जानकारी बेगर भीम रावललाई संसदमा बोल्न दिएकोमा पनि रिमालले आपत्ती प्रकट गर्नुभएको छ । रिमाल लेख्नुहुन्छ ‘दलको जानकारी बेगर सिखण्डी खडा गरेर बहस पनि यसैगरी,निर्णय पनि यसैगरी हुने भन्दै चिट पनि मेरै पट पनि मेरै ,चिची पनि मलाइ पापा पनि मलाइको कपटपूर्ण अभ्यासमा गठबन्धन छ । ’