अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसोसम्म मतपरिणाम आउने

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसोसम्म मतपरिणाम आउने


महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो ।

कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो ।

जिल्लाको मनरासिस्वा वडा-८ र बल्वा नगरपालिकामा पनि अधिवेशन समपन्न भएको छ । योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुईजनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिनुभयो ।