अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय विभाग प्रमुखको बैठक : पार्टी कामलाई व्यवस्थित बनाउन विभागहरुलाई तत्काल पूर्णता दिने

एमाले केन्द्रीय विभाग प्रमुखको बैठक : पार्टी कामलाई व्यवस्थित बनाउन विभागहरुलाई तत्काल पूर्णता दिने

समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय


काठमाडौं -नेकपा एमालेले पार्टी कामलाई व्यवस्थित ढंगले अघि बढाउन र विभागहरुको कार्ययोजना बनाउन विभागीय प्रमुखहरुको बैठक बसिरहेको छ ।

बानेश्वरको अल्फाविटामा भइरहेको बैठकमा ३४ वटा विभागका प्रमुखहरु मध्ये २२ वटा विभागका प्रमुखहरुको उपस्थिति छ । बैठकमा विभागहरुको कार्ययोजना निर्माण, आफ्ना आफ्ना विभाग अन्तरगतका कामहरु दशैभरि व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसको नियमित रिर्पोटिङ पार्टीमा गर्न महासचिव शंकर पोखरेलले निर्देशन दिनुभएको छ ।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ । विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।

एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार बैठकमा विभागहरुलाई चाँडै पूर्णता दिने सहमती पनि भएको छ। एमालेका सबै केन्द्रीय विभागमा अब ३५ जना सदस्य रहनेछन् ।