अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा


काठमाडौं – राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनु भएको छ ।

कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् ।

पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उहाँले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको बताउनु भयो ।