अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको सचिवालय बैठक स्थगित गरेर नेपाल र खनाल वार्तामा

नेकपा एसको सचिवालय बैठक स्थगित गरेर नेपाल र खनाल वार्तामा


काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफलमा जुट्नु भएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्ने गरी स्थगित भएको हो । शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।

पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाउनु भएको थियो । नेता खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिनु भएको थियो । तर अध्यक्ष नेपालले सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको बताउनु भएको छ ।