अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय

नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय


काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले संसदमा एमसीसीबारे निर्णय लिइँदा विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले दिनुभयो ।

‘एमसीसीलाई संसदमा निर्णायर्थ प्रस्तुत गरिँदा हाम्रा सांसदहरुले विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ खतिवडाले भन्नुभयो, ‘यसअघि पनि हामीले संशोधन नभएको अवस्थामा पास गर्न नदिने बताइसकेका छौँ।’

प्रवक्ता खतिवडाले आफ्नो पार्टीका सबै २३ सांसदलाई एमसीसी सदनमा निर्णयार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने तथा अन्य दलसँग पनि त्यसका लागि वातावरण बनाउने बताउनु भयो ।