अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी: एमसीसीमा सही गरेर आफू मूर्तिझैं बस्ने, कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाउने

प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी: एमसीसीमा सही गरेर आफू मूर्तिझैं बस्ने, कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाउने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दोहोरो चरित्र देखाएको आरोप लगाउनु भएको छ ।

आज काठमाडौंको दहचोकस्थित काजी कालु पाण्डेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो भन्नु भएको हो ।

ओलीले भन्नुभयो, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं संसदमा बस्ने, अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा ढुंगा हान्न जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने । एमसीसी संसदमा आफैं सही गरेर लैजाने अनि सही गर्नेहरुले नै सडकमा मान्छे उतार्ने ?’

अध्यक्ष ओलीले आफैं सदनमा र आफैं सडकमा आएको भन्दै सत्तारुढ दलकै कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी किन त्यसरी पिटिए ? प्रहरीको टाउको गोलैसरी हो, ढुंगा हान्दिए हुन्छ भन्दा रहेछन्’ ओलीले भन्नुभयो, ‘बालुवाटारदेखि संसद र सडकसम्म दोहोरो चरित्र देखाउनेहरुको चरित्र पनि हेरियो।’

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल हुँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । संसदभित्र पनि यी दुई दलका कतिपय सांसदले विरोध प्रदर्शन गरेका थिए ।