अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चुनावका लागि निर्वाचन आयोगमा दर्ता भए १० नयाँ पार्टी

चुनावका लागि निर्वाचन आयोगमा दर्ता भए १० नयाँ पार्टी


काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ १० राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगले यही फागुन ५ गते पार्टी दर्ताको लागि आव्हान गरेको थियो । सोही अनुसार नयाँ पार्टी आयोगमा दर्ता भएका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी  आयोगमा दर्ता भएका हुन् । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ ।

दर्ता भएका नयाँ पार्टीमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् ।