अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति


काठमाडौं – आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहित गठन भएको कार्यदलले बुझाएको ५१ बुँदे प्रतिवेदन कार्यान्वयनमा गर्ने विषयमा मन्त्रालय र महासंघ सहमत भएका छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र महासंघकी अध्यक्ष कमला देवी तुलाधरसहितको टोलीबीच आज प्रतिवेदनलाई कानुनसम्मत ढंगले लागू गर्ने विषयमा छलफल भएको थियो । जसमा शिक्षामन्त्री पौडेलले प्रतिवेदनलाई कार्यान्वयनमा लैजान सहमति जनाएका छन् ।

कार्यदलले ९ फागुन २०७५ मा मन्त्रालय र महासंघबीच भएको सहमति अध्ययन गरी १ फागुनमा ५१ बुँदे प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो ।