अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा तीन बालिका बलात्कृत

उदयपुरमा तीन बालिका बलात्कृत


उदयपुर- उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए । बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे हाेन । तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन् ।

उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परिक्षणबाट खुल्न आएको छ ।

चालु आर्थिक वर्ष भित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।