अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते


सर्लाही- जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो ।

स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्

एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टाेकेर घाइते बनाएकाे विष्णु गाउँपालिका वडा नम्बर-२, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औला खाइदिएको छ । यस्तै घाइतेमध्य दुईजनालाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।

बाँकी घाइतेकाे जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् ।