अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी नेता रूपबहादुर श्रीससहित २८ जना नेकपा एमालेमा प्रवेश

माओवादी नेता रूपबहादुर श्रीससहित २८ जना नेकपा एमालेमा प्रवेश


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता क्याप्टेन रूपबहादुर श्रीससहित २८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाको पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा श्रीससहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उहाँहरूलाई नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभयो । सो कार्यक्रमा नेपाली काङ्ग्रेसका पूर्व वडा सभापति चामबहादुर श्रीस लगायत एमाले प्रवेश गरेका छन् ।