अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा


पोखरा – र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् । तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ । 

अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका-७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका-८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा गत पुस १४ गते साँझ प्रहरीले लाउरेसहित चार जनालाई पोखराको सिर्जना चोकबाट पक्राउ गरेको थियो ।