अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा-ओली वार्तामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी

देउवा-ओली वार्तामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी


काठमाडौं – नेकपा एमालेका केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा वार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी हुनु भएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो।

वार्ता चलिरहेका बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारबाट बाहिरिनुभएको छ ।

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेका बेला एक साताभित्रै प्रधानमन्त्रीले एमालेसँग दोस्रो तर निर्णायक वार्ता गरेका हुन् । यसअघि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न उहाँको निजी निवास बालकोट पुग्नु भएको थियो । बालकोट गएर ओलीसँग छलफल गरेको एक साता नपुग्दै बालुवाटारमा पुनः भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।