अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ओली-देउवा वार्तामा ईश्वर पोखरेल र विष्णु पौडेल पनि सहभागी

ओली-देउवा वार्तामा ईश्वर पोखरेल र विष्णु पौडेल पनि सहभागी


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा विशेष वार्ता जारी छ ।

बालुवाटार श्रोतका अनुसार वार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो।

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेका बेला एक साताभित्रै प्रधानमन्त्रीले एमालेसँग दोस्रो तर निर्णायक वार्ता गरेका हुन् । यसअघि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न उहाँको निजी निवास बालकोट पुग्नु भएको थियो । बालकोट गएर ओलीसँग छलफल गरेको एक साता नपुग्दै बालुवाटारमा पुनः भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।