अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वालुवाटार वार्तामा प्रधानमन्त्रीको प्रस्ताव, ‘एमसीसी पास गर्न सघाउनुहोस्’ एमालेको जवाफ– पहिला हाम्रा माग पूरा होस्

वालुवाटार वार्तामा प्रधानमन्त्रीको प्रस्ताव, ‘एमसीसी पास गर्न सघाउनुहोस्’ एमालेको जवाफ– पहिला हाम्रा माग पूरा होस्


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष एमसीसी पास गर्न सहयोग गर्न आग्रह् गर्नुभएको छ ।
आजको बैठकमा देउवाको उक्त आग्रहलाई अध्यक्ष ओलीले पहिला आफूहरुले उठाएको माग पुरा गर्नुपर्ने शर्त अघि सार्नुभएको छ, । ‘प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग गर्नुहोस भन्नुभयो’ बैठकमा नेताहरुले भनेको उधृत गर्दै उपाधक्ष्य विष्णु पौडेलले यो बेलासँग भन्नुभयो ‘हाम्रा अध्यक्षले पहिलो माधव नेपालहरुलाई कारबाही गर्ने हाम्रा माग पुरा गरेर संसद सुचारु हुने स्थिती सृजनाा गर्नुह्सोस । त्यसपछि सोचौंला ।’

बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओलीको साथमा बरिष्ठ उपाधक्ष्य ईश्वर पोखरेल,उपाधक्ष्य पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । यसैगरी प्रधानमन्त्री देउवाको साथमा उपाधक्ष्य पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो ।