अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै


काठमाडौं – नेकपा एकीकृत समाजवादीले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।

आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ ।