अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्वसचिव चौतारीमा

नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्वसचिव चौतारीमा


काठमाडौं – नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्वसचिव जनपत्रकार संगठनका केन्द्रीय सदस्य मोहन पन्त र उमेश थापा प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ ।

प्रेस चौतारी केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष गणेश बस्नेतलगायतले टिका र खादा लगाएर चौतारी प्रवेश गराउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग सदस्य चेतन अधिकारी, चौतारीका नेताहरु प्रकाश सिलवाल, हेम सिलवाललगायतको उपस्थिति थियो ।