बिर्तामोड – नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गरेको छ ।
एमाले झापाको दोस्रो बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिनु भयो । उहानका अनुसार सोही बैठकले निर्वाचन सम्बन्धी कार्ययोजना समेत बनाएको छ ।
पार्टीका सचिव ढुङ्गेलका अनुसार बैठकले २३ जनवर्गीय संगठनको इञ्चार्ज–सहइञ्चार्ज, पालिका कमिटीको इन्चार्ज–सहइञ्चार्ज, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजक, सहसंयोजक, सचिव तोकिएको छ । यस्तै, पार्टीका विभागीय प्रमुखहरुको कार्यविभाजन गरिएको छ ।
प्रतिक्रिया