अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चार जना न्यायाधीशले एमालेलाई पछार्ने दुस्साहस गरेः अध्यक्ष ओली

चार जना न्यायाधीशले एमालेलाई पछार्ने दुस्साहस गरेः अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाउनुभएको छ ।

भक्तपुरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘सर्वोच्चका चार जना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे, तर एमालेले आफ्नो खुट्टा टेकिसकेको छ ।’

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा निर्वाचित सरकारलाई हटाउँदै परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।

अध्यक्ष ओलीले एमालेले युद्ध हारेको तर मोर्चा नहारेकोसमेत उल्लेख गर्नुभयो ।

आत्मविश्वाससहित अध्यक्ष ओलीले आफ्नो ‘मेरो जून हरायो’ कविताको प्रसङ्ग उठाउँदै आफू पुनः शक्तिमा आउने सङ्केत गर्नुभयो ।