अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीले थाल्यो पल शाहमाथि अनुसन्धान

प्रहरीले थाल्यो पल शाहमाथि अनुसन्धान


काठमाडौं – बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ ।’

१७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनु भएको थियो । करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराइसक्नु भएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उहाँको आरोप छ । उहाँले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आउनु भएको छ ।