अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले संसदीय प्रक्रियामा भाग नलिने

एमालेले संसदीय प्रक्रियामा भाग नलिने


काठमाडौँ – नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) माथिको छलफलमा भाग नलिने भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने जानकारी दिनुभयो । ‘हामी आज पनि संसद् बैठकमा जान्छौँ, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौँ,” उहाँले भन्नुभयो । संसद्मा आफूहरूको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उहाँको भनाइ छ ।

आफूले कारबाही गरेका १४ जना सांसद संसद् बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ। आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताउनुभयो।

एमालेले संसदीय प्रक्रियामा सहभागी नहुने रणनीति पहिले नै तय गरिसकेकाले आज संसद् बैठक बस्नुअघि पार्टीमा कुनै पनि छलफल नभएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको थियो।