अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने 

प्रतिनिधिसभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने 


काठमाडौं – आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ ।

सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनु भयो ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । 

 आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

बैठक भोलि १ बजे पुनः बस्नेछ ।