अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक माग्नुभएको छ : योगेश भट्टराई

प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक माग्नुभएको छ : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्यांक चेक’ मागिरहेको बताउनु भयो ।

आज संसद बैठक अचानक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाँले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्रीले आफूहरूसँग ब्लाङ्क चेक मागिरहेको बताउनु भयो ।

‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन । ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ’, भट्टराईले भन्नुभयो ।

उहाँले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएको समेत आरोप लगाउनु भयो ।