अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद भवन बानेश्वरमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

संसद भवन बानेश्वरमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच संसद भवनभित्रै भेटवार्ता भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीको भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले  प्रमुख प्रतिपक्षको साथ खोज्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने सभामुखको असंवैधानीक कदमको विरोधमा लामो समयदेखि संसद अवरोध गर्दै आइरहेको छ।

छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि छन् । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि छलफलमा सहभागी छन् ।