अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सापकोटा र गृहमन्त्री खाणबीच छलफल  

सभामुख सापकोटा र गृहमन्त्री खाणबीच छलफल  


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल चलिरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गृहमन्त्री खाण र सभामुख सापकोटाबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका बेला गृहमन्त्री खाण र सभामुख सापकोटाबीच छलफल हुनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ।

एमसीसी अघि बढाउने विषयमा सत्तारूढ दलबीच तीव्र विवाद भएपछि खाँण र सापकोटाबीच छलफल जारी रहेको गृह मन्त्रालय स्रोतले पुष्टि गरेको छ। यसअघि बिहीबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु हुनुपूर्व पनि नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाँणले सभामुख सापकोटासँग छलफल गर्नु भएको थियो ।