अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता


काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली र सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको अध्यक्ष ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता गरिरहेका छन् ।

एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।