अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन धरापमा परिसक्यो, जुनसुकै बेला फुट्न सक्छ : गगन थापा

सत्ता गठबन्धन धरापमा परिसक्यो, जुनसुकै बेला फुट्न सक्छ : गगन थापा


काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताउनु भएको छ ।

आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित भएको नेताहरूको बैठकमा सहभागी महामन्त्री थापाले एमसिसी सम्झौता पारित गर्नेमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको बताउनु भएको हो । ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो,’ थापाले भन्नुभयो ।  

गठबन्धनबाट एमसिसी पार नलाग्ने थापाले बताउनु भयो । ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन,’ थापाले भन्नुभयो ।

सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा र एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । 

सो बैठकमा प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्न, एमसीसी अनुमोदन गर्न सहयोग गर्न एमाले नेतासँग आग्रह गरेका महामन्त्री थापाले जानकारी दिनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पुन: छलफल हुने थापाले जानकारी दिनुभयो ।