अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवालाई भेट्न बाबुराम भट्टराई बालुवाटारमा

प्रधानमन्त्री देउवालाई भेट्न बाबुराम भट्टराई बालुवाटारमा


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

एमसीसी सम्झौता संसद्‍बाट पारित गर्ने विषयमा छलफल गर्न उहाँ बालुवाटार पुग्नु भएको हो ।

आफ्नै पार्टीमा एमसीसीका विषयमा विभाजन रहेको समयमा उहाँ प्रधानमन्त्री देउवालाई भेट्न पुग्नु भएको हो । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा हुनुहुन्छ ।

एमसीसीको विषयले सत्ता गठबन्धन फुटको संहारमा रहेको बेला भट्टराईको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।