अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइन :  सुवास नेम्वाङ

सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइन :  सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताउनु भयो ।

आज साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने छसहमति भएको बताउनु भयो ।

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उहाँले परिस्थिति त्यो लेभलमा नपुगेको बताउनु भयो।

उहाँले धेरै समय पश्चात् यो तहमा गम्भीर भएर छलफल भएको भन्दै उहाँले माओवादीसँग पुनः छलफल गर्दै जाने बताउनु भयो।

नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताउनु भयो । उहाँले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उहाँले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताउनु भयो ।

‘अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुकै होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने,’ नेम्वाङले भन्नुभयो, ‘हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।’