अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस–माओवादीको दाउपेचबाट एमाले सजग छ : डा. राजन भट्टराई

कांग्रेस–माओवादीको दाउपेचबाट एमाले सजग छ : डा. राजन भट्टराई


काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले आफूहरुलाई उपयोग गर्ने कांग्रेस माओवादीको दाउपेचबाट एमाले सजग रहेको बताउनुभएको छ ।

विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा यो बेला डट कमसँग संक्षिप्त कुरा गर्दै भट्टराईले गठबन्धन कायमै राखेर एमालेसँग दुवै पार्टीले गरेको संवादले कुनै निष्कर्ष ननिस्कने बताउनुभयो । ‘राजनीतिक वृतमा एमालेको भूमिकालाई लिएर अनेक प्रकारका अनुमान र चर्चा भए पनि स्थितिमा वदलाव आएको छैन,’ भट्टराईले भन्नुभयो, ‘संसद सञ्चालनका लागि हामीले उठाएका माग जबसम्म पुरा हुँदैनन् तबसम्म एमालेका लागि अरु विषय महत्वका होइनन् ।’

भट्टराईले एमालेसँग सार्थक संवाद र सहकार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने आँट गर्नुपर्ने भट्टराईको भनाइ छ । माओवादीले पनि सरकार छोडेर सडकमा आए नयाँ शिराबाट छलफल हुन सक्ने उहाँको भनाइ छ । ‘माओवादीसँग औपचारिक रुपमा हिजोबाट संवाद सुरु भएको छ,’ भट्टराईले भन्नुभयो, ‘तर अहिलेसम्मको स्थिति हेर्दा दुवै पार्टी गठबन्धन कायमै राखेर एमालेसँग खेल्न खोजेको देखिन्छ । त्यो दाउपेचका विषयमा एमाले सजग छ ।’