अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन अद्यावधिक कार्यक्रममा सरोकारवालाहरूको निराशाजनक सहभागिता

निर्वाचन अद्यावधिक कार्यक्रममा सरोकारवालाहरूको निराशाजनक सहभागिता


ललितपुर – ललितपुरमा सञ्चालित मतदाता नामावली अद्यावधिक सन्दर्भमा आयोजित कार्यक्रममा सरोकारवालाहरुको सहभागिता निराशाजनक देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरले यही १९ फागुनमा मतदाता नामावली प्रकाशन गर्दै मतदाता दाबी विरोधको झुटो विवरण दिई नामावली समावेश भएको भए निवेदन दिने प्रक्रिया सुरु हुँदैछ । यो प्रकृया २६ फागुनसम्म हुनेछ ।

जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले कार्यक्रममा निमन्त्रणा गरे पनि चाहे जति सहभागी नभएको बताइन् । उनले भनिन्, ‘निर्वाचन कार्यतालिका कारण काम भ्याइनभ्याइ छ । चिठी पठाउन सकिँदैन इमेल गरेर फोन गरेको हो ।’

गत निर्वाचनपछि ललितपुरमा दुई लाखभन्दा बढी मतदाता थपिएको तथ्याङ्क सार्वजनिक भएको छ ।  ललितपुर प्रमुख धमलाका अनुसार ललितपुरमा पुरुषभन्दा चार हजार ७२३ जना बढी महिला मतदाता रहेका छन् । ललितपुरका एक लाख २६ हजार ९८७ महिला मतदाता छन् भने पुरुष मतदाताको संख्या एक लाख २२ हजार २६४ मात्र रहेको छ । यहाँ दुई जना तेश्रो लिंगी मतदाता छन् ।