अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी रेडियो नेपाल शाखाको अध्यक्षमा सुवेदी

प्रेस चौतारी रेडियो नेपाल शाखाको अध्यक्षमा सुवेदी


काठमाडौँ – प्रेस चौतारी नेपाल रेडियो नेपाल प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनले बेञ्जु सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आज आयोजित शाखाको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट प्रेस चौतारी रेडियो नेपाल प्रतिष्ठान शाखाका नवनिर्वाचित उपाध्यक्षमा सोनिका लामिछाने, अर्जुन सापकोटा, सचिवमा कौशल घिमिरे, कोषाध्यक्षमा मञ्जिल घिमिरे, सहसचिवमा बालिका मादेन चयन हुनुभएको छ ।

यसैगरी, नवनिर्वाचित सदस्यहरूमा श्याम नापित, डेला प्रसाईँ, दुर्गा अधिकारी चयन हुनुभएको छ । त्यस्तै, प्रदेश प्रतिनिधिमा महिलातर्फ बालिका मादेन र उमा शर्मा तथा पुरुषतर्फ दिनेश घिमिरेलाई चयन गरेको छ ।

प्रेस चौतारी नेपालको यही फागुन २७ र २८ गते पोखरामा हुने दशौँ राष्ट्रिय अधिवेशनका लागि रेडियो नेपाल प्रतिष्ठानको तर्फबाट महिलातर्फ शोभा भट्टराई  र पुरुषतर्फ गोकर्ण रेग्मीलाई प्रतिनिधि चयन हुनुभएको छ ।