काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई गिजोलेर भूराजनीतिक विषय बनाइएको भन्दै देशले गम्भीर मूल्य चुकाउनुपर्ने बताउनु भएको छ ।
उपमहासचिव ज्ञवालीले गठबन्धनले एमसीसीलाई गिजोलेका कारण देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताउनु भएको हो।
उपमहासचिव ज्ञवाली भन्नुहुन्छ, ‘एमसीसीलाई लिएर सरकारमा रहेका पाँच दलीय गठबन्धन दलहरुले दुईवटा ब्लन्डर गरेका छन्, त्यसकारण मूल्य देशले धेरै महंगो चुकाउनुपर्छ । यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो अघि बढाउने वा नबढाउने । तर यसमा उहाँहरुले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ । एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति, यो निम्त्याएको उहाँहरुले हो ।’
उहाँले सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको पनि बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले संसद अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभइ दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको बताउनु भयो । उहाँले भन्नुभयोने, ‘दलीय स्वार्थका लागि अहिले संसद बन्द भएको होइन, हामी एउटा सिस्टमा लागि लडेका छौँ । दलीय व्यवस्था हो भने दलको सर्वोच्चता स्थापित हुने एउटा आधारभुत कुरासँग जोडिन्छ, यदी त्यसो भएन भने सिस्टम चल्दैन ।’
प्रतिक्रिया