अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली भेट्न बालकोटमा

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली भेट्न बालकोटमा


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट जानुभएको छ

संसद्‍बाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उहाँकै निवास जानुभएको हो । बालकोटमा देउवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको देउवा निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्रीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भेट गर्नुभएको थियो ।

आज प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ ।