दमक – एमसीसी पारित भएसँगै सत्ता गठवन्धनको घटक लोकतान्त्रिक समाजवादी पाटी प्रदेश-१ का विभिन्न नेतााहरुले पार्टी परित्याग गरेका छन् ।
दमकमा एक पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रियता र पहिचानका सवालमा पार्टीको भूमिका गलत भएको ठहर गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा केन्द्रिय नेता प्रेमदिप थाम्सुहाङ् लगायत रहेका छन् । पार्टी परित्याग घोषणाको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा लोसपा प्रदेश १ अध्यक्ष फक्ताङ्लुङ् योङ्हाङ्सहित ५१ जनाको नाम उल्लेख छ । तर यो समुह ठुलो संख्यामा रहेको नेता थाम्सुहाङ्ले बताउनुभयो ।

पार्टी छोड्नेमा अघिकांश लिम्वूवान राजनीतिक पृष्ठभुमीका रहेका छन् । लुम्विूवान राज्य प्राप्तिका लागि संघर्ष गर्दै आएको लोकतान्त्रिक राष्ट्रिय मञ्च समेत एमसीसीको बारेमा चुप रहनुले नेतृत्व अवसरवादमा फसेको पुष्टि भएको नेता थाम्सुहाङ्ले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पार्टी छोड्ने समुहको नेतृत्व गरेका थाम्सुहाङ्ले कुनै नयाँ पार्टीमा प्रवेश गर्ने नभई राष्ट्रिय एकता पार्टीको रुपमा नयाँ पार्टी गठन गरि पहिचानका लागि संघर्ष गर्ने बताउनुभयो ।







प्रतिक्रिया