अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोनिज युकेको अध्यक्षमा गोमा राना

फोनिज युकेको अध्यक्षमा गोमा राना


लन्डन – फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन हुनु भएको छ । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

फार्नब्रोमा आयोजित वार्षिक साधारण सभामा शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताउनु भयो । राईले नवनिर्वाचित रानालाई कागजात हस्तान्तरण गर्नुभयो ।

साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ ।

फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुईजनालाई २५–२५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।