अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्गानिक उत्पादन बढाऔँ : सार्क राष्ट्रका उपाध्यक्ष ढकाल

अर्गानिक उत्पादन बढाऔँ : सार्क राष्ट्रका उपाध्यक्ष ढकाल


जुम्ला – उद्योग वाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष तथा सार्कका उपाध्यक्ष चण्डीराज ढकालले जुम्लाले अर्ग्यानिक उत्पादन बढाएर विश्व बजार सम्मा पुर्‍याउनु पर्ने बताउनु भयो । उहाँले उद्योग क्षेत्रमा परिवर्तन ल्याउनका जुम्लाको स्थानीय उत्पादन बढाउनु पर्ने बताउनु भएको हो ।

उद्योग वाणिज्य संघ जुम्लाको १६औं साधारणसभाको उद्घाटन कार्यक्रममा ढकालले जुम्ला र कर्णालीको स्थानीय अर्ग्यानिक उत्पादन बढाउन सकेको खण्डमा आर्थिक समृद्धि हुने बताउनु भयो । यहाँको अर्ग्यानिक उत्पादन मार्सीधान, स्याउ, सिमी, ओखर, फापर, आलु जस्ता उत्पादनमा वृद्धि गरिएको खण्डमा बजार पाउने कुनै समस्या नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश जडीबुटीको भण्डार भएकाले उद्योग, पर्यटन व्यवसायको भविष्य राम्रो छ । त्यो आधारमा यहाँको स्थानीय  सरकारको अध्यापन जान जरुरी छ ।’

यसअघि कोरोनाका कारण व्यवसाय धरापमा परेका कारण व्याज अनुदानमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले नयाँ आउने नेतृत्व सशक्त आउनुपर्नेमा जोड दिनु भयो । त्यस्तै जिल्ला समन्वय समिति जुम्लाको उपप्रमुख कार्मा बुढाले उद्योग वाणिज्य संघ जुम्लाले पछिल्लो समय सामाजिक क्षेत्रमा  समेत काम गरेको बताउनु भयो । उहाँले आगामी दिनमा यस्ता काम बढाउनुपर्नेमा जोड  दिनु भयो । उहाँले  उद्योग वाणिज्य संघमा सबैको सहभागिता बढाउन अनुरोध गर्नु भयो । त्यस्तै उद्योग वाणिज्य महासंघ नेपालका नगर गाउँपालिका उपाध्यक्ष तथा व्यवसायी दिनेश श्रेष्ठले हरेक व्यवसायीले एक हजारमा १० रुपैयाँ कर तिर्नेगरी व्यवसाय गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । त्यस्तै उद्योग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदम बहादुर शाहीले उद्योग वाणिज्य क्षेत्रमा सरकारले कर्णालीलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले कर्णालीको उत्पादन, प्रवर्धनमा उद्योग वाणिज्य महासंघले लगानी गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रजवअली मनियारले आफ्नो कार्यकालमा योजना बनाएर प्रभावकारी काम गर्ने भएता पनि कोरोनाले प्रभाव पारेको बताउनु भयो । उहाँले पनि कोभिडमा राहात वितरण, खाद्यान्न आपूर्ति, बिरामीलाई एम्बुलेन्स सेवा देखी विभिन्न काम भएको बताउनु भयो ।

उद्योग वाणिज्य संघ जुम्लाको १६औं चुनावी साधारणसभाले नयाँ नेतृत्व चयन हुने छ । उद्घाटन सत्रमा जिल्लास्थित राजनीतिकदलका प्रतिनिधिहरूले शुभकामना समेत दिनु भएको छ ।