अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश–१ को पहाडी भूभागमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

प्रदेश–१ को पहाडी भूभागमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना


काठमाडौ -प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको विभागले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ ।

प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्यङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।