मस्को -रुसको एक अदालतले फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । राजधानी मस्कोस्थित अदालतले सामाजिक सञ्जालका यी दुई माध्यमलाई उग्रवादी घोषित गर्दै रुसभित्र प्रयोगमा रोक लगाएको द गार्जेनले लेखेको छ ।
स्थानीय अधिकारीहरूले फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाउन माग गरेका थिए । यी माध्यमले रुसविरुद्धका अतिवादी विचारहरूलाई प्रचारप्रसार गरिरहेको उनीहरूको आरोप थियो ।
रुसको गुप्तचर संस्थाले पनि सोसल मिडिया प्लेटफर्मको बढ्ता प्रयोग रुसी सेनाविरुद्धको प्रचारमा भइरहेको दाबी गरेको थियो ।
अमेरिकी कम्पनी मेटालेचाहिँ आफूले यूक्रेनका मानिसहरूमाथि कुनैखाले प्रतिबन्ध नलगाउने बताउँदै भ्लादिमिर पुटिनविरुद्ध गरिने पोस्टहरूलाई प्रोत्साहन गर्ने जनाएको थियो ।
मेटाको यसखाले घोषणापछि रुसको मिडिया नियामकले फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो । मेटाले युक्रेनबाट कसैले रुसविरुद्ध हिंसक सन्देश पोस्ट गरे पनि त्यसलाई नहटाउने बताएको थियो ।







प्रतिक्रिया