अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जोसेफ शाही र अस्मीता अधिकारीको स्वरमा नयाँ गीत “रुप्स्या काली सार्वजनिक

जोसेफ शाही र अस्मीता अधिकारीको स्वरमा नयाँ गीत “रुप्स्या काली सार्वजनिक


काठमाडौं – युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत “रुप्स्या काली” सार्वजनिक भएको छ ।

गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ । आफैले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको छ ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो । शहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन्।

यसअघि जोसेफले गाएको देउडा शैलीको गीत “पियारी” चौतर्फी निक्कै रुचाइएको थियो । लोक शैलिको रोमान्टिक गीत “रुप्स्या काली”लाई पनि आम स्रोता/दर्शकले मनपराउने अपेक्षा लिएको गायक शाहीले बताएका छन् ।