अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा गढबढः दाहालले एकै दिन हानेका दुई तीर

गठबन्धनमा गढबढः दाहालले एकै दिन हानेका दुई तीर


काठमाडौं– एमालेको जनमतबाट बनेको सरकारलाई विस्थपित गरेर परमादेश सरकार बनेको करिब नौ महिना लागेको छ । माओवादी, मधेसवादी र एसपार्टी सहितको समर्थनमा कांग्रेसले नेतृत्व गरेको गठबन्धनबाट बनेको यो सरकारमा अब खटपट सुुरु भइसकेको संकेत केही अघि नै बाहिरिएका हुन् ।

प्रमुख सत्ता घटक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिन गठबन्धनमाथि तीर हान्नुभएको छ । कांग्रेस उपसभापति धनराज गुरुङले कटेरो बोकेर बालकोट र बालुवाटार धाएको अभिव्यक्ति दिएपछि दाहालको सहने सीमा नाघेको स्पष्ट बुझ्न सकिन्छ । गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर माओवादी केन्द्रमाथि प्रहार गरिरहेका छन् । त्यसमा अरु साना नेताहरु पनि मिसिएका छन् ।

दाहालले आज बिहानै बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते/अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

गठबन्धनको बैठक । फाइल तस्बिर

अध्यक्ष दाहालले जनयुद्धमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गर्नुभयो । दाहाललका मागहरुलाई सचिवालयले तुरुन्तै सार्वजनिक गरेको थियो । चुनावमा गठबन्धन नहुने निश्चित भएपछि दाहालले आफ्नो भोट बैंक रहेका जनयुद्धका घाइते र अपाङ्गलाई बढी सम्झनुभएको राजनीतिक वृत्तमा चर्चा छ ।

आज नै जनकपुरमा पुगेर दाहालले सरकारमा आफूहरुलाई भाग कम भएकोसमेत सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । ‘माओवादीलाई आकार अनुसारका मन्त्री चाहिन्छ’ भन्ने घोषणा गर्नुभएको छ । प्रचण्डको प्रवृति के हो भने गठबन्धनमा चार पाँच महिना धार्जे भएर बस्ने, छैटौं महिना देखि अनेक शर्त राखेर निँहु खोज्ने र नौ महिना पुगेपछि गठबन्धन भत्काउने । २०७२ साल देखि बनेका सरकारमा माओवादी सहभागिता हेरो भने कुनै सरकारबाट बहिर्गमन सहज ढंगले भएको छैन ।

२०७२ सालमा एमालेसँगको सत्ता सहकार्यलाई हेरौं वा २०७३ सालमा कांग्रेससँगको सहकार्य । केपी ओलीसँग असोजमा सुरु भएको सत्ता सहकार्य बैशाखमा पुग्दा भत्काउने अवस्थामा प्रचण्ड पुग्नुभएको थियो । त्यसबेला नौ बुँदे सहमति गरेर जोगिएको गठबन्धन असारमा प्रचण्डकै अग्रसरतामा भत्काइयो । त्यसपछि कांग्रेसले प्रचण्डलाई काँध थापिदियो ।

प्रचण्डको प्रवृति के हो भने गठबन्धनमा चार पाँच महिना धार्जे भएर बस्ने, छैटौं महिना देखि अनेक शर्त राखेर निँहु खोज्ने र नौ महिना पुगेपछि गठबन्धन भत्काउने । २०७२ साल देखि बनेका सरकारमा माओवादी सहभागिता हेरो भने कुनै सरकारबाट बहिर्गमन सहज ढंगले भएको छैन ।

नौ महिना प्रधानमन्त्री भएपछि प्रचण्डले कांग्रेसलाई सघान तयार त भए तर केही महिना नबित्दै एमालेसँग गठबन्धन गर्न लाग्नुभयो । सत्ता सहयात्री दललाई जानकारी नदिइ विपक्षी दलसँग साँठगाँठ गरेका प्रचण्डले त्यही गठबन्धनका कारण सम्मानजनक विजय हासिल गर्नुभयो । चुनाव जित्ने एमालेसँग मिलेर सरकार बनाउन कांग्रेससँग भगिरथ प्रयत्न प्रचण्डले त्यसबेला गर्नुभयो । त्यो प्रयास असफल भएपछि एमालेसँग मिलेर त बन्यो तर नौ महिना पुग्ने वित्तिकै प्रचण्डले आफ्नै पार्टीको सरकारका विरुद्ध जेहाद छेड्नुभएको थियो । उहाँको जेहादले तत्कालिन नेकपाको सरकार मात्र ढालेन नेकपालाई नै फूटाइदियो ।

प्रचण्डको आजका मन्तव्य र नौ महिने संयोग मात्र नहुन सक्छ । अब प्रचण्डले देउवालाई मन्त्रीमा थप भाग चाहियो भनेर अनेक बखेडा गर्ने निश्चितै छ । ‘सत्ताका प्यासी’ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई के दिएर चित्त बुझाउनलान् वा गठबन्धन नै भत्काउलान् ? केही दिनमा थाहा हुनेछ । तर, मन्त्रीमा थप भाग चाहियो भनेर प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन गर्न कांग्रेसलाई बाध्य पार्ने एउटा अस्त्र हुने भने निश्चित जस्तै छ ।