अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु


किभ – पूर्वी युक्रेनको युद्धग्रस्त शहरमा रुसी आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको कीभका एक अधिकारीले मङ्गलबार बताएका छन् ।

डोनेट्स्क क्षेत्र स्थित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो । घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

युक्रेनको पूर्वमा अवडिभ्का सन् २०१४ मा स्वघोषित गणतन्त्रको नियन्त्रणमा परेका मस्को समर्थक पृथकतावादीहरूको राजधानीको छेउमा छ।

युक्रेनले रुसी सेनाले फेब्रुअरी २४ मा मस्कोले आफ्नो पश्चिमा समर्थक छिमेकीको सिमानामा सेना पठाएपछि चिकित्सा सुविधा, आवासीय क्षेत्र र बम आश्रयस्थललाई अन्धाधुन्ध रूपमा निशाना बनाएको आरोप लगाएको छ।

यता रुसले भने जानाजानी नागरिकहरूलाई निशाना बनाएको अस्वीकार गर्दै युक्रेनी सेनाले नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । डेनिसोभाले टेलिग्राममा  उल्लेख गरे अनुसार खार्किभ क्षेत्रमा रुसी ट्याङ्कले नागरिक चिन्ह लगाइएको कारलाई निशाना बनाएको र तीन वयस्क र एक बालक मारिएका छन्।