अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक स्थलमा भएको कुटाकुट कार्यकर्ता हो होइन,पत्रकारको

एमाले केन्द्रीय कमिटी बैठक स्थलमा भएको कुटाकुट कार्यकर्ता हो होइन,पत्रकारको


काठमाडौं -एमालेको केन्द्रीय कमिटी बैठक सुरु नहुँदै दुईजना बीच कुटाकुट भएको भिडियो बाहिरयो । उक्त भिडियो हेरेर धेरै जनाले एमाले कार्यकर्ताबीच कुटाकुट भएको भनेर बुझे । कतिपयले फोन गरेर सोधे । र,केही सञ्चार माध्यमले एमाले कार्यकर्ता बीच कुटाकुट भनेर समाचार भने,लेखे र देखाए पनि । तर वास्तविकता त्यस्तो होइन । दुईजना पत्रकारबीचको आपसी झगडा भौतिक आक्रमणमा परिणत भएको हो ।
बैठक स्थलमा खटिएका सुरक्षाकर्मीका अनुसार समाचार संकलनमा गएका सञ्चारकर्मीहरू अनलाइन न्यूज ‘१२ खरी’का फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापा सार्वजनिक स्थलमै कुटाकुटमा उत्रिएका थिए। सोही भिडिओ अहिले फेसबुक र टिकटक सञ्जालभरि भाइरल भएको छ।

प्रहरीका अनुसार दिउसो १२ बजे एमालेको केन्द्रीय कमिटी बैठक शुरु हुनै लागेको थियो। नेताहरू आउने क्रम जारी थियो।
अचानक हरिस क्षेत्री र श्याम थापा भिड्न थाले। नजिकै रहेका हिमालय टीभीकै अर्का पत्रकार विनोद थापा छु्ट्ट्याउन गए। कस्सिएर भिडिरहेका उनीहरूलाई विनोदले छुट्टाउन सकेनन्। अन्तिममा दुई जना प्रहरी आए। एकअर्कोलाई समातेर जुधिरहेका दुवैलाई छुट्याउन प्रहरीलाई पनि हम्मे परेको थियो। हरिश क्षेत्रीले आफूलाई अपशब्द बोलेकोले उसलाई हात हालेको श्याम थापाले बताए।
२७ पुसमा पृथ्वी जयन्तीको फोटो खिच्दा पनि विवाद भएको पत्रकारहरु बताउछन् ।

दोस्रो पटक नेकपा माओवादी केन्द्रका कार्यक्रममा झगडा भएको घटना देख्ने पत्रकारहरू बताउँछन्। नेकपा माओवादीको महाधिवेशन अघि भएको एक कार्यक्रममा सामान्य वादविवाद भएको थियो। आज भने कुटाकुट नै भएको हो। उनीहरूको राजावादी, माओवादी र एमालेको कार्यक्रममा झगडा गर्न भ्याइसकेका छन्।