अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घनश्यामलाई अध्यक्ष ओलीको जवाफ- वाम एकता हुँदैन, भाँडो खालीभएपछि प्रचण्ड आफैं एमालेमा आउँछन्

घनश्यामलाई अध्यक्ष ओलीको जवाफ- वाम एकता हुँदैन, भाँडो खालीभएपछि प्रचण्ड आफैं एमालेमा आउँछन्


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई रित्ता भाँडो बनाएरै छाड्ने दाबी गर्नुभएको छ ।

पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसद विघटन आफ्नो बाध्यात्मक भएकोले कदम चालेको बताउनु भयो ।

तत्कालीन नेकपा रहेका बेला एकजना कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का नेता माधवकुमार नेपालसँग मिलेर पार्टी कब्जा गर्न खोजेपछि संसद विघटनको बाध्यात्मक कदम चाल्नु परेको ‌अध्यक्ष ओलीले बताउनु भयो ।

उहाँले पार्टीलाई प्रचण्डको कब्जामा जान नदिन पुस ५ गते पहिलो पटक संसद् विघटन गर्नु जरुरी रहेको पनि उल्लेख गर्नुभयो।

नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीबाट भएको संसद विघटनलाई कुनै पनि हालतमा सही ठहर्‍याउन नसकिने बताइरहनु भएको छ ।

यही सन्दर्भमा ओलीले भुसाललाई जवाफ दिँदै प्रचण्डका मान्छे एमालेमा ल्याएर भाँडो रित्तो बनाइदिने पनि बताउनु भयो । त्यसपछि मात्रै रित्तिएको भाँडोसहित आएमा प्रचण्डलाई पार्टीमा स्वागत गर्न आफू तयार रहेको पनि ओलीले बताउनु भयो ।

‘पार्टीलाई जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न माधव नेपालसँग मिलेर प्रचण्डले षड्यन्त्र गरेका थिए। त्यहीकारण संसद् विघटन गर्नु परेको हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो बाध्यात्मक कदम थियो।’

Skip This